Logo

मन्त्री रेणु यादवको विषयमा टिभीमै जसपाका नेता थापा र जनमत पार्टीका महासचिव सिंहबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १७ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका नेता अर्जुन थापा र सिके राउत नेतृत्वको जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको विषयलाई लिएर टिभी कार्यक्रममै चर्काचर्की परेको छ । थापाले मन्त्री यादवलाई हटाउन आवश्यक नरहेको तर्क गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सिके राउतले भन्दैमा किन मन्त्रीलाई हटाउनु ? भन्दै प्रश्न गरे । उनले मन्त्री यादवले आफ्नो मन्त्रालय ठीकसँग चलाएको जिकिर गरे ।

उता, सिंहले भने राज्यले मन्त्री यादवलाई तत्काल पदबाट हटाउनुपर्ने माग गरे । उनले मन्त्रीजस्तो व्यक्तिले अराजकता रुपमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । मन्त्री यादवले गौर हत्याकाण्ड दोहोर्याउने र त्यसैगरि सिके राउतको हत्या गर्ने चेतावनी दिएको सिंहको भनाई छ । उनले उपेन्द्र यादवको पार्टी नै अराजकताको जगमा खडा भएको जिकिर गरे । उनले अहिले राज्य निरीह भएको गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot