Logo

युक्रेन सम्बन्धमा रुसी र अमेरिकी अधिकारीबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा चर्काचर्की



एजेन्सी, १८ माघ। युक्रेनको विषयलाई लिएर रुसी र अमेरिकी अधिकारीबीच चर्काचर्की भएको छ । युक्रेनबारे अमेरिकाले बोलाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा दुई देशका अधिकारीबीच चर्काचर्की भएको हो । युक्रेनको सीमासँग जोडिएको आफ्नो क्षेत्रमा रुसले सेना परिचालन गरेको छ ।

सोहि सम्बन्धमा छलफल गर्न अमेरिकाले सुरक्षा परिषद्मा बैठक बोलाएको थियो । उक्त बैठकमा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप र चर्काचकी भएको अन्तराष्ट्रिय मिडियामा खबर छ ।
अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले रुसले गरेको सैन्य परिचालन युरोपमा दशकौं यताकै ठूलो सैन्य परिचालन भएको बताइएकी छिन् ।

यता उनका रुसी समकक्षीले भने अमेरिकाले अनावश्यक उन्माद फैलाएको र रुसी मामिलामा हस्तक्षेप गर्न खोजेको बताएका छन् । यदि रुसले युक्रेनमाथि आक्रमण गरेमा अमेरिका र बेलायतले रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot