Logo

अर्काको घर बिगारेको आरोप लागेका एसपी कारबाहीमा



काठमाडौं, १८ माघ । सशस्त्र प्रहरीका एकजना एसपी कारबाहीमा परेका छन् । उनीमाथि अर्काको घर बिगारेको आरोप छ ।

सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीमाथि बुटवलका व्यापारीकी श्रीमतीसँग लागेर घर बिगारेको उजूरी परेको हो । व्यापारीले प्रमाणसहित छानविन गर्न सशस्त्र प्रहरीमा उजूरी दर्ता गरेका थिए ।

तस्बिरसहित व्यापारीले उजूरी गरेपछि गिरीमाथि विभागीय कारबाही भएको छ । पछिल्लो समय प्रहरीमा अर्काको घर बिगारेको देखि अर्काको घर बिगारेको भन्दै उजूरी बढ्न थालेका छन् ।

सरुवाका क्रममा प्रहरीका पति पत्नी टाढा हुँदा कतिपयका घरहरु बिग्रन थालेको तथ्यांक बढिरहेको बुझिएको छ । विशेषगरी सामाजिक सञ्जालले यसमा ठूलो असर बनाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot