Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको पक्ष र विपक्षमा टिभीमै घम्साघम्सी (भिडिओसहित)



काठमाडौं, २० माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको पक्ष र विपक्षमा घम्साघम्सी परेको छ । हिजो प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेपाल आयल निगमका प्रवन्ध निर्देशक सुशिल भट्टराईले निगमले तेलको आपूर्ति गरिरहेको बताएका छन् ।

उनले आफूहरुको मुख्य काम भनेको आपूर्ति सहजता गर्ने रहेको सुनाए । उनले मूल्यवृद्धि त अन्तर्राष्ट्रिय बजार अनुसार नै भएको स्पष्ट पारेका छन् । उनले अहिले अटो–फर्मुलाअनुसार आधार मूल्यको २ प्रतिशतअनुसार मूल्य कायम गरिएको जनाए । उनले अहिले निगमलाई दिनको १५ करोड घाटा रहेको दुःखेसो पोखे।

उता, अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले संस्थानको साधारणसभा र मुनाफा वितरण हुँदा मौन रहने गरेको सुनाए । उनले अरबौं घाटा भैरहने संस्थानहरु किन चलाउने ? भन्दै प्रश्न गरिन् ।

उनले आफूहरु पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा आन्दोलनमा उत्रिएको सुनाए । उनले जनतामाथि अत्याचार भैरहेको गुनासो पोखिन् ।उनले अहिले बढाएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot