Logo

एक हप्तापछि ‘स्मार्ट-लकडाउन’ हट्ने



काठमाडौं, २१ माघ। सरकारले फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने भएको छ ।

कोभिडको तेस्रो लहर सुरु हुनेबित्तिकै सरकारले देशव्यापी रुपमा स्मार्ट लकडाउन लगाएको थियो ।

सरकारले निजी सवारीसाधनमा अहिलेपनि जोर/विजोर प्रणाली लागु गरेको छ ।

विभिन्न सभा, गोष्ठीमा २५ जनाभन्दा बढि भेला हुन बन्देज लगाएको छ ।

रात्रिकालिन व्यवसायीहरुले त सरकारका प्रतिनिधिहरुलाई भेटेरै स्मार्ट लकडाउन हटाउन विलौना गरेका थिए ।

सिसिएमसीका सदस्यसमेत रहेका राज्यमन्त्री उमेश श्रेष्ठले आगामी फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने तयारी भएको सुनाए ।

तर, कोरोनाको जोखिम कायमै रहेकोले आवश्यक मापदण्ड भने पालना गराएर सबै कुरा सुचारु गराउने उनको भनाई छ ।

पछिल्लो समय कोरोना संक्रमणको दर पनि घटिरहेको र निको हुनेको संख्या बढेकाले सरकारले यस्तो कदम चाल्न लागेको बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot