Logo

पुटिन र इमरान खान बेइजिङ पुग्नुको सन्देश



एजेन्सी, २१ माघ । पश्चिमा देश र उसका निकट देशहरुले बेइजिङको हिउँदे ओलम्पिकको कूटनीतिक बहिष्कार गरेका छन् । चीनको मानवअधिकारलगायतका विषय उठाएर उनीहरुले कूटनीतिक बहिष्कार गरेका हुन् ।

भारतले पनि अन्तिम समयमा कूटनीतिक बहिष्कार गरेको छ । तर, बेइजिङमा आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुगे । उनी ओलम्पिक उदघाटनमा सहभागिता जनाउन पुगेका हुन् । पुटिन चीन पुगेर साथ दिएको सन्देश दिन पुगे ।

पछिल्लो समय रुसको अमेरिका र उसका मित्र शक्तिसँग युक्रेनको विषयमा विवाद चर्किएको छ । रुसले चीनसँग निकटता बढाएको छ ।

यसैगरी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि ओलम्पिक उदघाटनमा सहभागिता जनाउन पुगे । खानले पनि चीनसँगको निकटताको सन्देश दिए । पछिल्लो समय पाकिस्तान चीनसँग नजिकिएर अमेरिकासँग टाढिएको छ ।

Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot