Logo

बस र ट्रक ठोक्किँदा भयानक आगलागी, दुबै सवारीका चालक र एक यात्रुको मृत्यु



काठमाडौं, माघ २२। सुनसरीमा बस र ट्रक ठोक्किंदा दुबै चालकसहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नंम्बर १ फुलचोकमा शुक्रबार राति दुबै सवारी एक आपसमा ठोक्किएर भयानक आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।

खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए ।

दुर्घटनापछि दुवै सवारिमा आगलागी भएको थियो । मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन् । दुई जनाको सनाखत नभएको प्रहरीले जनाएको छ । घाईतेहरूको अवस्था सामान्य रहेको छ । मृतकहरुको शव आगोले जलेर पूरै डल्लो भएको छ । बस पूर्ण रुपमा जलेर नष्ट भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot