Logo

ग्रीसका प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिको स्वास्थ्य लाभको कामना



एथेन्स [ग्रीस], २३ माघ: ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनी कोभिड-१९ सङ्क्रमित छन् ।

“म राष्ट्रपति @RTERdogan र उहाँकी श्रीमतीलाई सङ्क्रमण बाट छिटो स्वास्थ्य लाभको कामना गर्दछु,” मित्सोटाकिसले शनिबार ट्विटरमा लेखेका छन् । अघिल्लो दिन, राष्ट्रपति एर्डोगानले ट्विटरमा उहाँ र उहाँकी श्रीमती हल्का लक्षणहरू सहित सङ्क्रमित हुनुभएको उल्लेख गरेका थिए । राष्ट्रपति एर्दोगानले सङ्क्रमति भए पनि घरबाट काम जारी राख्ने जनाएका छन् ।

भूमध्यसागरमा क्षेत्रीय दाबी, अवैध आप्रवासन र साइप्रस मुद्दाका कारण हालैका वर्षहरूमा ग्रीस र टर्कीबीचको सम्बन्ध नराम्रोसँग बिग्रिएको छ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot