काठमाडौं, २३ मघ । बरिष्ठ अधिवक्ता एवम् अन्तर्राष्ट्रिय कानूनका ज्ञाता प्रा.डा. गान्धी पण्डितले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गराउनको लागि पहल लिएको बताएका छन् । उनले प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनको लागि एमालेको पनि साथ मागेको सुनाए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफू प्रधानमन्त्री हुँदा एमसीसी पारित गराउन चाहेको स्मरण गराए ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । एमसीसी पारित गराउनको लागि त एमालेले सुरुमा संसद् सुचारु हुन दिनुपर्ने उनको भनाई थियो । उनले एमसीसी पास गराउनेगरि संसद्मा प्रस्तुत भए एमालेले पनि पास गराउन सहयोग गर्नुपर्नेमा जोड दिए ।