Logo

सिंहदरबारबाट प्रहरीकै मोटरसाइकल चोरी भएपछि…



काठमाडौं, २३ माघ । सिंहदरबारमा चोरीको बिगबिगी भएको छ । सिंहदरबार भित्र विभिन्न सामान हराउँदै आएको पछिल्लो समय गेटभन्दा बाहिर पर्खाल नजिकबाट मोटरसाइकल र हेलमेट हराउन थालेको छ ।

गत हप्ता प्रहरीकै मोटरसाइकल चोरी भयो । सिंहदरबारको दक्षिणी प्रवेशद्वार नजिकै मोटरसाइकल हराएपछि ती प्रहरीले तत्काल खबर गरेपछि खोजी गर्दा भक्तपुरमा भेटिएको थियो । प्रहरीकै मोटरसाइकल भएर तत्काल एक्सनमा जाँदा पत्ता लागेको बुझिएको छ ।

यसैगरी, सिंहदरबाको गेटभन्दा ठिक बाहिर मोटरसाइकलको हेलमेटहरु पनि हराउन थालेको छ । चोरले सुरक्षित तरिकाले राखिएका हेलमेट समेत चुँडालेर लान थालेको छ । चोरले महङ्गा खालका हेलमेटमा बढी चासो दिने गरेको छ ।

हेलमेट हराएकाहरुले उजूरी गरेपनि प्रहरीले केही गर्न सकेको छैन । सीसीटीभीले मोटरसाइकल राख्ने गरेको क्षेत्रसम्म दृश्य नलिएको भन्दै पठाउने गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot