Logo

जेएनयूमा पहिलो महिला उपकुलपति



काठमाडौं, २४ माघ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पहिलो महिला उपकुलपतिका रुपमा शान्तिश्री धुलिपडी पण्डित नियुक्त भएकी छिन् । राजनीतिशास्त्रकी प्राध्यापक उनको नियुक्ति भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सावित्रीवाई फूले विश्वविद्यालय पुनेकी प्राध्यापक उनी पाँच वर्षका लागि नियुक्त भएकी हुन् । पण्डितले सन् १९८६ मा एमफिल र १९९० मा पीएचडी अन्तर्राष्ट्रिय सम्बन्धमा जेएनयूबाटै गरेकी हुन् ।

रुसको सेन्ट पिटसवर्गमा सन् १९६२ मा जन्मिएकी पण्डित ६ भाषा बोल्ने गरेको उल्लेख छ । जसमध्ये हिन्दी, अंग्रेजी, तेलुगु, तामिल, मराठी र संस्कृत पनि पर्दछ । मिडिया रिसर्चमा पनि उनको विज्ञता रहेको उल्लेख छ ।

उनको ३ पुस्तक र १७० रिसर्च पेपर प्रकाशित रहेको उल्लेख छ । कलेज जीवनमा उनी गोल्ड मेडलिष्ट हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot