Logo

अवैध रुपमा लैजाँदै गरेको ५ हजार किलो केराउसहित ट्रक चालक पक्राउ



कपिलवस्तु, २५ माघ। यशोधरा गाउँपालिका-७ मर्यादपुरस्थित सडकबाट युपि ५५ टि २२९५ नम्बरको ट्रकमा अवैध रुपमा लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५ हजार किलो केराउ सहित ट्रकका चालक भारत सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट भारतको इटवातर्फ जांदै गरेको उक्त ट्रकलाई प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा ल्याएको उक्त केराउ फेला पारी ट्रक तथा चालक धन प्रकशलाई पक्राउ गरेको हो ।

उनलाई बरामद केराउ र ट्रक सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाइने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot