Logo

स्थानीय तहको निर्वाचन, विद्युतीय मतदानको सम्भावनाबारे छलफल गर्दै आयोग



काठमाडौं, २६ माघ । निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरिसकेकोले आयोग तयारीमा जुटेको हो ।

आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्नेबारे सोचेको छ । त्यसको लागि उसले आज विद्युतीय मतदानको सम्भावनाबारे आईटी विज्ञहरुसँग छलफल गर्न लागेको छ ।

आयोगका स्रोतकाअनुसार विज्ञहरुसँग आज दिउँसो १ बजे छलफल तय गरिएको छ । उनीहरुको राय लिएपछि मात्रै आयोग एउटा निर्णयमा पुग्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot