Logo

भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव सुरु



एजेन्सी, २७ माघ। भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव सुरु भएको छ । पहिलो चरणमा ११ वटा जिल्लामा ५८ सिटको लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् ।५८ जना विधान सभा सदस्यको लागि ६ सय २३ जनाले उम्मेदवारी दिएका छन् ।

पहिलो चरणमा आज पश्चिमी उत्तर प्रदेशका दुई करोड २८ लाख मतदाताले मतदान गर्ने बीबीसी हिन्दीले जनाएको छ । जाट वेल्टको रुपमा चिनिने पश्चिमी उत्तर प्रदेशमा भारतीय जनता पार्टीले जाट समुदायका १७ जनालाई उम्मेदवार बनाएको छ ।

यस्तै, समाजवादी पार्टीले १२ तथा राष्ट्रिय लोक दल आरएलडीले ६ जना जाट समुदायका व्यक्तिलाई उम्मेदवार बनाएका छन् । यो चुनावमा समाजवादी पार्टी र आरएलडीले गठबन्धन गरेका छन् । सन् २०१७ मा भएको विधान सभा चुनावमा पश्चिमी उत्तर प्रदेशका ५८ सिटमध्ये ५३ सिटमा भारतीय जनता पार्टीले जितेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot