Logo

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडौं, २७ माघ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्तापूँजीको ९.५२३८१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७६१९ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot