Logo

स्थानीय तहको निर्वाचन: सामान खरिदका लागि प्रतिस्पर्धा नहुँने भएकोले खर्च बढ्न सक्ने



काठमाडौं, माघ २८ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ९२ दिन मात्र बाँकी रहेकोले ‘फास्ट ट्रयाक’ मा तयारी अगाडि बढाउनुपर्ने भएकोले खर्च बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको तयारीका लागि आवश्यक ५३ वटा क्रियाकलापका लागि सामान्यतयाः १ सय २० दिन चाहिन्छ । तर, सरकारले निर्वाचनका तयारीका लागि ९४ दिन मात्र रहने गरी निर्वाचनको मिति घोषणा गरेकोले तयारी फास्ट ट्रयाकमा अघि बढाउनुपर्ने आयोगको भनाइ छ ।

निर्वाचनका लागि आवश्यक पर्ने समयको झण्डै २५ प्रतिशत जति समय कटौती भएकोले आवश्यक सामान खरिदका लागि प्रतिस्पर्धा गराउन नसकिने अवस्था छ। खरिदका लागि कानूनी प्रक्रियाअनुसार ३० दिनको म्याद दिनुपर्ने ठाउँमा आयोगको ऐनको दफा प्रयोग गरेर १५ दिन, २० दिन अथवा १० दिनको समय दिएर प्रतिस्पर्धा गराउनुपर्ने भएकोले मूल्य बढी पर्नसक्ने आयोगले जनाएको छ ।

त्यस्तै, बाहिरबाट कर्मचारी ल्याउँदाखेरि थप सेवा र सुविधाहरू दिनुपर्ने हुदा थप खर्च लाग्ने भएको छ । आयोगले १२ अर्ब तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागले २९ अर्ब रुपैयाँ माग गरेको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले निर्वाचनका लागि १० अर्ब रुपियाँ मात्रै विनियोजन गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्