Logo

भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार संक्रमित थप, ६५७ जनाको मृत्यु



काठमाडौं, २८ माघ । भारतमा कोरोना संक्रमितको संख्यामा लगातार कमी आउन थालेको छ । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५८ हजार ७७ नयाँ कोरोना संक्रमित थपिएको जनाएको छ । त्यस्तै एकदिनमा १ लाख ५० हजार ४०७ जना कोरोनाबाट निको भएका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । २४ घण्टामा कोरोनाका कारण ६ सय ५७ जनाको मृत्यु भएको छ । ३ दिन पछि, मृत्युको संख्या १ हजार भन्दा कम रेकर्ड राखेको छ । यसअघि फेब्रुअरी ६ मा ८९५ जनाको मृत्यु भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot