Logo

नेटो प्रमुख र बेलायती प्रधानमन्त्रीबीच युक्रेन समस्याबारे छलफल



२८ माघ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उत्तर एटलान्टिक सन्धी संगठन, नेटोका प्रमुख जेन्स स्टोल्टबर्गका बीचमा बिहीबार भेटवार्ता भएको छ । हाल बेल्जियमको भ्रमणमा रहेका बृटिश प्रधानमन्त्री जोनसन र नेटो प्रमुख जेन्सबीचमा बिहीबार ब्रसेल्समा छलफल भएको बताइएको छ ।

उनीहरुका भेटका क्रममा खासगरी पछिल्लो समयमा रुस र युक्रेनमा देखिएको समस्याका बारेमा कुराकानी भएको बताइएको छ । भेटका क्रममा नेटोका प्रमुख जेन्सले रुसका कारण युक्रेनमा उत्पन्न हुन लागेको भनिएको अवस्था युरोपको सुरक्षाका लागि पनि चासोको विषय हो भने ।

उनीहरुको भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेटो प्रमुख जेन्सले भनेका छन् कि रुसका कारणले हाल देखिएको अवस्था निकै नै खतरनाक रहेको छ । नेटोले अहिले पनि रुस–युक्रेन समस्याको समाधान वार्ताको माध्यमबाट नै खोज्नुपर्छ भनेको बताएका छन् । उनले नेटोले यो समस्याको राजनीतिक समाधान आवश्यक रहेको बताएको पनि जानकारी सो अवसरमा दिएका थिए ।

युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो संख्यामा रुसी सेना राखेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको अमेरिकासहित पश्चिमा देशहरुको दाबी छ । तर रुसले भने यस आरोपको खण्डन गर्दै आएको छ ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot