काठमाडौं, २९ माघ । यूएई विरुद्धको टी–२० सिरिजमा नेपालले दोस्रो सफलता हात पारेको छ ।
ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालले १३औं ओभरमा नेपालले दोस्रो विकेट लिएको हो ।
नेपालका लागि दोस्रो विकेट आरिफ सेखले लिएका छन् । उनले यूएईका रोहान मुस्थापालाई ४९ रनमा आउट बनाए ।
पहिलो विकेट शाहब आलमले लिएका थिए । उनले तेस्रो ओभरमा यूएईका वासेम मोहम्मदलाई २२ रनमा पबिलियन फर्काए ।