Logo

‘ए’ डिभिजन लिगः आज एनआरटी र हिमालयन शेर्पा तथा एपीएफ र संकटा भिड्दै



काठमाडौं, १ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ ।

लिगको दशौँ चरण अन्तर्गत आइतबार न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब तथा नेपाल एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।

१३ अंकका साथ सातौं स्थान रहेको एनआरटी आज हिमालयन शेर्पालाई हराएर शीर्ष पाँचमा उक्लने चाहनाका साथ मैदान उत्रीनेछ ।

यस्तै, ९ खेलमा ११ अंक जोडेको हिमालयन आठौं स्थानमा रहेको छ ।

दोस्रो खेलमा एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामै हुने खेल ४ः४५ बजे सुरु हुनेछ ।

१० अंकका साथ नवौं स्थानमा रहेको छ एपीएफ पनि अंक तालिका सुधार गर्न चाहन्छ भने छैटौं स्थानमा रहेको संकटा शीर्ष पाँचमा उक्लिन चाहन्छ ।



प्रतिक्रिया दिनुहोस्