Logo

युक्रेन जाने उडानहरू रद्द



एजेन्सी, २ फागुन। रुसले युक्रेनमाथि कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै केही विमान कम्पनीहरूले युक्रेनका लागि उडान रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल्जजीराले लेखेको छ । तर, व्यापारिक उडानका लागि आफ्नो हवाईक्षेत्र खुला राख्न युक्रेनले करोडौं रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएको हो । विमान कम्पनीहरूले युक्रेनतर्फको उडान निलम्बन गरेपछि युक्रेन सरकारले पनि रुसी नागरिकहरूलाई देश प्रवेश गर्न रोक लगाएको छ ।

युक्रेनको विमान स्काईअपको स्वामित्व भएको कम्पनीले विमानलाई युक्रेनी हवाईक्षेत्रमा प्रवेश गर्न नदिएपछि आइतवार विमान मोल्दोभातर्फ डाइभर्ट गर्नुपरेको थियो । एभियान्युजले युक्रेन केही समयपछि नै व्यापारिक उडानका लागि नो फ्लाई जोन बन्न सक्ने चेतावनी दिएको छ ।युक्रेनबाट बाहिर जाने र भित्र आउने उडानहरूलाई सोमवारबाट ग्राउन्डेड गरिने बताइएको छ ।

युक्रेनको भौतिक पूर्वाधार मन्त्रालयले विमानसेवाहरू कुनै बाधाअवरोध विना नै सञ्चालनमा रहेको जनाएको छ । युक्रेनी प्रधानमन्त्री देनिस श्मिगलले देशको हवाईक्षेत्र हुँदै उडान जारी राख्नका लागि १६.६ अर्ब हृव्निया (युक्रेनी मुद्रा) छुट्ट्याइएको बताएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot