Logo

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीको फराकिलो जित



काठमाडौं, ४ फागुन । च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर सिटीले स्पोर्टिङ सिपीमाथि फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले स्पोर्टिङ सिपीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

लिस्बनमा सिटीलाई फराकिलो जित दिलाउन सिल्भाले दुई गोल गरे ।

खेलको सातौं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १७औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

यस्तै, खेलको ३२औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता ३–० को बनाए ।

४४औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–० को अवस्थामा पुग्यो ।

साथै, ५८औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए ।

यस जितसँगै सिटीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्