Logo

निर्देशक रेशराज आचार्यको निधन



काठमाडौं, ५ फागुन । फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । वरिष्ठ निर्देशक आचार्यको हृदयघातले निधन भएको हो । ओम अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका आठ बजे उनले निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या आएको थियो । उनलाई तत्काल उपचारको लागि ओम अस्पताल पुर्याइएको थियो । आज बिहान पशुपति आर्यघाटमा उनको अन्तिम दाहसंस्कार गरिएको छ ।

वि.स २०४४ मा रिलिज भएको फिल्म ‘तिलहरि’बाट निर्देशन यात्रा थालेका थिए । उनको अन्तिम फिल्म गोपिकृष्ण मूभिजको ‘प्रीतिको फूल’ हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot