Logo

देउवा ओली भेटवार्ता सम्पन्न, प्रतिक्रिया नदिई बालकोटबाट बाहिरिए देउवा



काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ। ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसीको विषयमा कुराकानी भएको बुझिएको छ ।

तर, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले भने कुनै प्रतिक्रिया दिएनन् । सत्तापक्षीय गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओली भेट्न सिधै बालकोट गएका थिए ।

आज बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति नजुटेपछि देउवा गठबन्धनको विकल्पसहित अघि बढेका छन् । आजै विहान प्रधानमन्त्री देउवाले आफ्नो दूतको रुपमा डा. मिनेन्द्र रिजाललाई बालकोट पठाएका थिए ।

एमसीसी पास गराउनको लागि एमालेले साथ दिने कांग्रेसका नेताहरुको बुझाई छ । उता, सत्ता गठबबन्धनको बैठक भोलि विहान १० बजे बस्ने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्