
काठमाडौँ, ६ फागुन। आज नेपालमा कोरोना भाइरसका ४ सय ३७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७५ हजार १ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज २ हजार ४ सय ५४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ४८ हजार ७ सय ८४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ९१ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo