काठमाडौं, ८ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबमाथि जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
रोमान्चक बनेको खेलको १५औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७१औं मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ८८औं मिनेटमा ओन्गुना जुनियरले गोल गर्दै जावलाखेललाई २–१ को जित दिलाए ।
जावलाखेल १२ खेलमा १४ अंक जोडेको छ भने हिमालयनले १२ खेलमा १३ अंक जोडेको छ ।
यस जितसँगै जावलाखेल रेलिगेसनबाट जोगिएको छ ।