Logo

मदिरा व्यापारी अमित अग्रवाल पक्राउ



काठमाडौं, ९ फागुन । काठमाडौंको दरबारमार्ग र कान्तिपथमा मदिरा व्यवसाय गर्दै आएका अमित अग्रवाल पक्राउ परेका छन् ।

ग्रीनलाइनका सञ्चालक अग्रवाललाई चेक बाउन्स भएको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई व्यवसायी सञ्जय अधिकारी र टंकशमशेर जबरालाई दिएको चेक बाउन्स उजुरीको आधारमा महानगरिय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

महँगा मदिरा बेच्दै आएका अग्रवालको परिवार गत पुस २२ गते फरार भएको थियो । विभिन्न बैंकबाट ८० करोड रुपैयाँ ऋण लिएका अग्रवालले कोरोना संक्रमणको कारण ऋण तिर्न नसकेको भन्दै फरार भएकाथिए । भारत गएर आएका अग्रवालले बताउँदै सबैको ऋण तिर्न सक्ने भन्दै बताएका थिए । प्रहरीले अग्रवालविरुद्ध बैंकिङ्ग कसुरमा अनुसन्धान हुने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot