Logo

विश्वकपमा पुग्न नेपाल आज युएईसँग भिड्ने, जीतको सम्भावना कति ?



काठमाडौं, १० फागुन । आज युइएमाथि सेमिफाइनलमा जित हासिल गरे नेपाल ग्लाबेल ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुनेछ । यसकारण आज पौने ४ बजे हुने खेल निकै महत्वपूर्ण हुनेछ ।

समूह ए मा नेपाल विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । युएई उपविजेता बनेको हो । नेपाल उच्च मनोबलका साथ ओमानको मैदानमा खेल्नेछ ।

समूह चरणमा जस्तै प्रदर्शन गरेमा नेपालले विश्वकप यात्रा सुनिश्चित गर्ने देखिन्छ । समूह चरणमा नेपालले सबै खेल जितेको थियो । आयोजक ओमानका अलावा क्यानडा र फिलिपिन्समाथि सानदार जित निकालेको थियो ।

नेपालका सन्दीप लामिछाने उत्कृष्ट लयमा छन् । उनले अहिलेसम्म ८ विकेट लिइसकेका छन् । ब्याट्सम्यान पनि चलेका छन् ।

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै आएका छन् । यसले पनि नेपाललाई बलियो बनाएको छ ।

क्रिकेटमा नेपाल र युएईको स्तर उस्तै देखिन्छ । दुवै देशले अन्तर्राष्ट्रिय क्रिकेटमा चार पटक खल्दा दुई-दुई पटक जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot