Logo

अस्ट्रेलियाले युक्रेनबाट आफ्ना सबै कूटनीतिज्ञ निकाल्यो



एजेन्सी, १० फागुन। युक्रेन र रुसबीच तनाब भैरहेको बेला अस्ट्रेलियाले आफ्नो दूतावासका सबै अधिकारी र कर्मचारीहरुलाई त्यहाँबाट बाहिर निकालेको छ । अस्ट्रेलियाले आफ्ना अधिकारी र कर्मचारीहरुलाई पोल्याण्ड र रोमानिया पठाएको जनाइएको छ । विदेशमन्त्री मेरिस पायनले एक बयान जारी गर्दै यसको जानकारी दिएकी हुन् ।

युक्रेनस्थित अस्ट्रेलियाली दूतावासले सम्पूर्ण कामकाज अहिलेलाई बन्द गरेको छ । युक्रेन छोड्ने कोसिस गरिरहेका अस्ट्रेलियाली नागरिकहरुको सहयोगको लागि कर्मचारीहरुलाई रोमानिया पठाइएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot