Logo

पुटिनद्वारा युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा



काठमाडौं, फागुन १२ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्।

जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला राष्ट्रपति पुटिनले सैन्य कारबाहीुुको घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले आज भर्खरै गरेको टेलिभिजन सम्बोधनमार्फत्‌ पूर्वी युक्रेनमा तैनाथ सेनालाई हतियार बिसाउन र फर्कनसमेत आग्रह गरेका छन् ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै दुई लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन्। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot