Logo

पार्टीका सबै मन्त्री फिर्ता बोलाउने माधव नेपालको तयारी



काठमाडौं, फागुन १२ । पाँचदलीय गठबन्धनको सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने तयारी रहेको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपाल एमसीसीका विषयमा सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको नीति विपरित अभिव्यक्तिहरु दिएको भन्दै असुन्तष्ट छन् ।

सरकारमा सहभागी एकीकृत समाजवादीका मन्त्रीहरुले एमसीसीकै कारण आफ्नो मन्त्री पद धरापमा नपरोस भन्दै पछिल्लो शुक्रबार सामुहिक छलफलसमेत गरेका थिए ।

सोतका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको घरमा छलफल गरेका थिए ।

यता दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । अहिले केहि बेरमा सुरु हुने कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नु अगाडी सत्ता गठबन्धनमा आवद्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र सोहि पार्टीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटवार्ताका क्रममा तिनै जना नेताले अहिलेको अवस्थामा एमसीसीको पक्षमा उभिन नसक्ने निश्कर्ष निकालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot