Logo

रुसले हमला गरेपछि युक्रेनले माग्यो सैन्य सहायता



एजेन्सी, १२ फागुन । रुसी हमलापछि युक्रेनले विश्व समुदायसँग सैन्य सहयोग मागेको छ । युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले हतियारसहितका सैन्य सामाग्री मागेका हुन् ।

कुलेबाले ट्वीट गर्दै रुसले ध्वंसात्मक कदम चालेको भन्दै कडा प्रतिबन्ध लगाउन आग्रह समेत गरेका छन् । रुसलाई पूरा एक्लो बनाउन भन्दै उनले आफ्नो देशका लागि मानवीय र आर्थिक सहयोगको आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot