Logo

युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर पुटिनले अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्छ : बाइडेन



एजेन्सी, १२ फागुन। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताएका छन्। उनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर पुटिनले अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताएका हुन् ।

बाइडेनले संसारभरका मानिसको प्रार्थना युक्रेनका नागरिकका लागि भएको बताएका छन् । यो आक्रमणबाट हुने क्षतिको एक्लो जिम्मेवार रूस हुने पनि उनले बताएका बीबीसीले जनाएको छ । संयुक्त राज्य अमेरिका र यसका मित्र राष्ट्रले एकताबद्ध र निर्णायक तरिकाले यसको जवाफ दिने पनि उनको भनाइ छ ।

पूर्वी युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेपछि त्यहाँका विभिन्न भागमा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot