Logo

नयाँ बानेश्वर वरपरको सुरक्षा व्यवस्थामा कडाई



काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा आज छलफल हुने भएपछि बानेश्वर वरपरको सुरक्षामा कडाई गरिएको छ । आज सत्ताघटक दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनमोर्चाका भातृसंगठनले आन्दोलन गर्ने भएका छन् ।

माओवादीले सडक, सदन र सत्ताबाट एमसीसीको विपक्षमा उभिदै आएको छ । माओवादीले राष्ट्रिय सहमतिमा मात्र एमसीसी पास गर्नपर्ने अडान लिदै आएको छ ।

संसदको बैठक आज दिउँसो १ बजे संसद भवनमा बस्ने भएको छ । आजको बैठकमा एमसीसी सम्झौतामािथ छलफल हुने छ । गत फागुन ८ गते एमसीसी सदनमा टेबल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्