Logo

महालक्ष्मी विकास बैंकको साधारण सभा शुक्रबार बस्ने, बोनस कति ?



काठमाडौं, १२ फागुन । महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा फागुन १३ (शुक्रबार) बस्ने भएको छ ।

सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । बैंकको आर्थिक वर्ष २०७७–७८ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

सभा प्रयोजनको लागि बैंकले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot