काठमाडौं, १२ फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुबीचको छलफल सकिएको छ । नयाँ बानेश्वरस्थित् संसद भवनमा रहेको एमाले अध्यक्ष ओलीको कार्यकक्षमा भएको भेटवार्ता भर्खरै सम्पन्न भएको छ ।
उक्त छलफलमा प्रचण्डले एमसीसीबारे साझा अवधारणा बनाउन प्रस्ताव गरेका थिए । तर, ओलीले अब एमसीसीमा साझा अवधारणा बनाउन नसकिने जवाफ दिएका छन् ।
माओवादी केन्द्रका नेताहरुले ओलीसँग भेट्नुअघि कांग्रेसका नेताहरुले ओलीसँग छलफल गरेका थिए । उक्त छलफल सकारात्मक रहेको नेताहरुले दाबी गरेका छन् ।
आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले र कांग्रेस नेताहरुबीच निर्णायक वार्ता हुँदैछ । एमालेको सबै माग पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार रहेको कुरा बाहिर आएको छ ।
यही बीचमा अहिले जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा पुगेका छन् । file photo