काठमाडौं, १३ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी बनेको सात महिनामै फुटको जोखिम बढेको छ । एमसीसीको विषयमा नेकपा एसभित्र मतभेद बढेको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एमसीसी यथास्थितिमा पारित हुन नहुने पक्षमा छ । उक्त दलको दोस्रो वरियताका नेता झलनाथ खनाल झन् एमसीसीविरुद्ध कठोर बन्दै आएका छन् ।
माधव नेपाल र झलनाथ खनालको अडान एमसीसीविरुद्ध देखिइरहँदा उक्त दलमा सांसदहरु भने विभाजित बन्दै गएका छन् । सरकारमा रहेकाहरु एमसीसीको पक्षमा छन् । जसमध्ये प्रेमबहादुर आले, विरोध खतिवडा, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ छन् । उनीहरुमध्ये आले र झाँक्री एमसीसीको पक्षमा खुलिसकेका छन् ।
आलेले आफूसँग १० भन्दा बढी सांसद रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी एमसीसी सफल बनाउन भूमिका खेल्ने बताइसकेका छन् । आलेले एमाले फुटेर नेकपा एस बन्दा पनि केही सांसदहरु तान्न सकेका थिए । उनले एमालेमै हुँदा देउवालाई भेटी आफूसँग भएका सांसदबारे जानकारी दिएको खुलेको थियो ।
अहिले आलेले सरकारमा रहेकासहित थप ७ जना आफ्नो पक्षमा रहेको भन्दै एमसीसीको पक्षमा जाने निकटस्थहरुलाई बताउने गरेका छन् ।
पर्यटनमन्त्री रहेका आलेसहित पक्षमा रहेकामा धनबहादुर ब्ुढा, समिना हुसेन, पार्वती विशुन्केलगायत रहेको बुझिएको छ ।
नेकपा एसमा सांसद को कता
एमसीसीको विपक्षमा रहेका
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. जीवनराम श्रेष्ठ
४. मुकुन्द न्यौपाने
५. कृष्णलाल महर्जन
६. मेटमणी चौधरी
७. कलिला खातुन
८. सरलाकुमारी यादव
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण कायस्थ
एमसीसीको पक्षमा रहेका
१. प्रेमबहादुर आले
२. विरोध खतिवडा
३. रामकुमारी झाँक्री
४. कृष्णकुमार श्रेष्ठ
५. भवानी खापुङ
६. गोपालबहादुर बम
७. विनादेवी बुढाथोकी
८. समिना हुसेन
९. हिराचन्द्र केसी
१०. धनबहादुर बुढा
११. पार्वतीकुमार विशुन्के