Logo

पासपोर्ट बिनानै विमानस्थलमा युवक पुगेको घटना छानबिन गर्न समिति गठन



काठमाडौं, १३ फागुन । त्रिभुवन विमानस्थलभित्रको उडान भर्न तयार भएको विमानमा पासपोर्ट बिनानै युवक पुगेको घटना छानबिन गर्न गृहमन्त्रालयले ९ सदस्सीय समिति गठन गरेको छ ।

विमानमा टिकट र पासपोर्टबिनै युवक पुगेपछि घटनाबारे छानबिन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा शुक्रबार समिति गठन गरेको हो ।

सोमबार राति १०ः४५ बजे कतार उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा भिसा, पासपोर्टबिनै रौतहटका भस्पम आलम छिरेका छिरेका थिए ।



प्रतिक्रिया दिनुहोस्