Logo

नेपालमा आज थप २ सय ७५ जनामा कोरोना संक्रमण



काठमाडौँ, १३ फागुन। आज नेपालमा कोरोना भाइरसका २ सय ७५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ६ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ५५ हजार ४ सय ५८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ६ सय २८ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot