Logo

देउवाको यूटर्न, प्रचण्ड–माधबसँग नयाँ सहमति !



फागुन १४, काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिको अन्तिम प्रयास भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा यू टर्न भएका छन् । एमसीसी पारित गराउन एमालेको साथ खोजेका प्रधानमन्त्री देउवाले गठबन्धन जोगाउने गरी एमसीसी पारित गराउन यू टर्न भएका हुन् ।
देउवाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग नै सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालेका हुन् ।

आज साँझ एमाले अध्यक्ष केपी ओलीसँग निर्णायक वार्ता हुने भनिएका बेला उक्त वार्ता कार्यक्रम स्थगित भएको छ । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरु ओली निवास वालकोटामा छलफल गरिरहेका छन् । तर देउवा ओलीलाई भेट्न जाने कार्यक्रम स्थगित भएको स्वकिय सचिव भानु देउवाले जानकारी दिए । एमसीसी संसद पारित गराउन देउवाले सबै विकल्पमा छलफल गरिरहेका थिए । तर अहिलेकै गठबन्धन कायम राखेर एमसीसी पारित हुने भएपछि एमालेसँग तत्काल सहकार्य नगर्ने निष्कर्ष देउवाले निकालेका हुन् ।

देउवाले एमसीसी पारित गराउन प्रचण्ड र माधव नेपालसँग लिखित प्रतिबद्धता मागेका थिए । कांग्रेस र एमालेबीचको सहकार्य जसरी पनि रोक्ने रणनीति लिएका प्रचण्ड र माधव अन्ततः देउवाले भनेअनुसार अघि बढ्न तयार भएका हुन् । यद्यपी अहिले नै नयाँ सहमतिको निष्कर्ष आएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot