Logo

मोओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने



काठमाडौं, फागुन १५ । नेकपा (माओवादी केन्द्र) ले मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी) को पक्षमा मतदान गर्ने भएको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भेला भएको हाईकमान्डको बैठकले यस्तो निर्णय गरेको हो ।

गठबन्धनलाई जोगाउँदै माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । हालसम्म दुई धार देखिएको माओवादी भित्रको एक पक्ष अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने अडानमा थियो भने अर्को पक्ष यस विषयमा लचक देखिएको थियो ।

एमसीसी पारित गर्न तयार देखिएको माओवादी केन्द्रको बैठक सकिएको छ । हिजो शनिबार राति खुमलटारमा दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफल भएको थियो । छलफलपछि दाहाल–नेपाल लचिलो देखिएका छन् । शनिबार रातीको गठबन्धनका नेताहरुबीच छलफलपछि आज बस्ने प्रतिनिधिसभाको बैठकमार्फत एमसीसी पारित गर्ने सहमती भईसकेको जनाइएको छ ।

देउवालाई भेट्नुअघि दाहाल र नेपालले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरी गठबन्धन नटुटाउने र वैकल्पिक विधिमार्फत एमसिसी पारित गर्ने विषयमा छलफल गरेका थिए।

सरकारले विवादकाबीच गत आईतबार (फागुन ८ गते) बसेको प्रतिनिधिसभा बैठकमा ५० करोड डलरको अमेरिकी विकास सहयोग एमसीसी सम्झौता अनुमोदनको लागि टेबुल गरिसकको छ ।



प्रतिक्रिया दिनुहोस्