Logo

भाईको नाममा दाईले परीक्षा दिएपछि…



सुर्खेत, १५ फागुन । परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परिक्षार्थी पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–७ ईत्रामस्थित श्री कृष्ण माविमा सञ्चालित प्रहरी जवान (प्राविधिक) तर्फको परीक्षामा नक्कली परिक्षार्थी बनि परीक्षा दिँदै गरेको अवस्थामा जुम्ला कनका सुन्दरी गाउँपालिका–८ बस्ने २३ वर्षीय लक्ष्मी प्रसाद सन्ज्याललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै भाइ २० वर्षीय अग्नि प्रसाद सन्ज्यालको नाममा परीक्षा दिदै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot