Logo

रुसी सेनाहरू युक्रेनको दोस्रो ठुलो शहर खार्किभमा प्रवेश, लडाइँ जारी



१५ फागुन: रुसी सेनाहरू युक्रेनको दोस्रो ठुलो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् । “रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरे,“ ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताएका हुन् । “युक्रेनी सशस्त्र बलहरूले शत्रुलाई नष्ट गर्दैछन्।“ उनले थप जानकारी दिएका छन् ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए ।

शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा तीन जना बालबालिकासहित कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको जनाइएको छ ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्