Logo

स्कुलबाट घर फर्किदा बालिका बलात्कार पछि हत्या गर्ने ६४ वर्षीय गिरी पक्राउ



मोरङ, १५ फागुन । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बालिकालाई करणी गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका–८ बस्ने ६४ वर्षीय दिपक गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

लेटाङस्थित श्री जाँते उच्च माबिमा ६ कक्षामा पढ्ने बालिका गत बुधबार स्कुल छुट्टी भएपश्चात घर फर्कने क्रममा हराई बेपत्ता भएको भन्ने खबर ईलाका प्रहरी कार्यालय लेटाङमा प्राप्त भएपछि खोजी गर्नेक्रममा शुक्रबार बिहान लेटाङ नगरपालिका–८ लाल हिरा सामुदायिक बनमा ढुङ्गाले छोपेको अवस्थामा उनको शव फेला परेको थियो ।

दिपकले ती बालिकालाई विद्यालयबाट फर्किदै गर्दा बाटोमा एक्लै फेला पारी फकाई फुल्याई जंगल भित्रको बाटोबाट जाँदा छोटो पर्छ भनि लगेर शारीरिक सम्पर्कको लागि प्रस्ताव गर्दा अस्वीकार गरे पश्चात जवरजस्ती करणी गरी सकेपछि पोल खोल्न सक्ने डरले बालिकालाई घाँटी थिच्दै मुख थुनेर हत्या गरी नजिकै रहेको खोल्सीमा घोप्टो पारेर ढुंगाले शव छोपेको खुल्न आएको छ । साथै उनले हत्या पश्चात बालिकाको सबै लुगा, कपडा र जुत्ता समेत आफैले बोकेर ल्याई आफ्नै घर पछाडी रहेको खोल्सीमा जलाई घर फर्कीएको खुल्न आएको छ ।

प्रहरीले उक्त खोल्सीमा रहेको खरानीको थुप्रोबाट बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू र फरकको खिपहरू र सो नजिकै लाईटर समेत फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot