Logo

रुस र युक्रेनबीच सोमबार वार्ता हुँदै



एजेन्सी, १६ फागुन। रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच आज (सोमबार) वार्ता हुने भएको जनाइएको छ। दुवै देशका प्रतिनिधिमण्डलबीच आज वार्ता हुने एक स्रोतलाई उद्धृत गर्दै रुसी संचारमाध्यम तासले लेखेको छ ।

एक स्रोतको भनाइलाई उद्धृत गर्दै रुसी संचारमाध्यम तासले लेखेको छ ‘वार्ता सरेको हैन । बैठक बिहान बस्नेछ । युक्रेनी प्रतिनिधिमण्डलको बन्दोबस्तीले ढिलाइ भएको हो।’ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निजी सचिव भ्लादिमिर मेदिन्स्कीले रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

युक्रेनले बेलारुसको गोमेलमा वार्ता गर्न सहमति जनाएको उनले बताए । त्यसपछि रुसी प्रतिनिधिमण्डल मिन्स्कबाट गोमेलतर्फ गएका छन् ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्

Screenshot