Logo

रुसी फौजद्वारा चारै दिशाबाट हमलाः युक्रेनी सेना



काठमाडौं, फागुन १६ । रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ। लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार कठिन समय भएको फेजबुक पेजमा लेखेका छन्।

उनका अनुसार रुसी फौजले लगभग सबै दिशाबाट हमला जारी राखेको छ। रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताएका छन्।

बिहीवार रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ। युरोपेली सङ्घ ईयूले रुसी अतिक्रमणसँगै युक्रेनलाई अस्त्रहरू पठाउने अभूतपूर्ण कदम चालिरहेको छ।

ईयूले रुसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाउँदैछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot