Logo

एमसीसी अनुमोदनबारे चीन बोल्यो



काठमाडौं, १६ फागुन । नेपालको संसदबाट एमसीसी अनुमोदन भएपछि चीन पहिलोपटक बोलेको छ । उसले एमसीसीबारे व्याख्यात्मक घोषणालाई ध्यानमा राखेको जनाएको छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले बेइजिङमा नियमित पत्रकार सम्मेलनमा कुनै देशको आन्तरिक मामिलापमा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक शर्त राख्ने विकास सहयोग हुन नहुने बताएका छन् । उनले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने बताए ।

यसअघि चिनियाँ विदेश मन्त्रालयले दुईपटक एमसीसीबारे बोलिसकेको छ । उसले अमेरिकाले जर्बजस्ती एमसीसी स्वीकार्न वाध्य पार्न खोजेको भन्दै आलोचना गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot