Logo

रुसविरुद्ध लड्न युक्रेनलाई पाँच करोड डलर सहयोग गर्दै अष्ट्रेलिया



एजेन्सी, १७ फागुन। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसको आक्रमणलाई रोक्न आफ्नो सरकारले युक्रेनलाई ५० मिलियन (पाँच करोड) डलर उपलब्ध गराउने बताएका छन् । आज (मंगलबार) अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यस्तो घोषणा गरेका हुन्। सोही सहयोगमा क्षेप्यास्त्रसहित हतियार सहयोगको विषय पनि उल्लेख भएको बीबीसीले जनाएको छ।

युक्रेनले रुसविरुद्ध लड्नका लागि आउन चाहने विदेशी युद्ध स्वयंमसेवका लागि प्रवेश गर्न पाउने व्यवस्था खुला गरेको छ । युक्रेनको रक्षा मन्त्रालयका अनुसार विश्वभरबाट हजारौं नागरिकले रुसविरुद्ध लड्नका युक्रेन आउने भन्दै फारम भरेका छन् । आज (मंगलबार) युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले रुसविरुद्ध लड्न आउन चाहनेका लागि भिसा एवं प्रवेश खुला गरेको बताएका हुन् ।

यसअघि हिजो रुस र युक्रेनी प्रतिनिधिहरुबीच बेलारुसी सीमा क्षेत्रमा वार्ता भएको थियो । तर, थप वार्ता गर्न सकिने बाहेकका कुनै निश्कर्ष सोक्रममा हुन सकेको छैन् । यसबीच युक्रेनी सेनाले आफुविरुद्ध रुसले बेलारुसी सेनाको सबैभन्दा प्रशिक्षित सैन्य इकाइहरूलाई आक्रमणका लागि प्रयोग गर्न लागेको जनाएको छ ।

रुसमाथि प्रतिबन्धको कुरामा मास्टरकार्डले युक्रेनमाथिको आक्रमणलाई लिएर आफ्नो भुक्तानी नेटवर्कबाट धेरै रुसी वित्तीय संस्थाहरूमाथि रोक लगाएको छ । अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसको केन्द्रीय बैंकमाथि समेत प्रतिबन्ध लगाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot