Logo

महाशिवरात्रिको अवसरमा पशुपतिमा २५ हजारभन्दा बढिलाई गुर्जोको चिया सेवा (फोटोफिचर)



काठमाडौं, १७ फागुन । आज महाशिवरात्रि । लाखौं भक्तजनहरुले आज पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । यो अवसरमा पाशुपत क्षेत्रमा विभिन्न निःशुल्क स्वास्थ्य शिविरपनि आयोजना भएका थिए । भक्तालुहरुलाई सहयोग पुर्याउनको लागि विभिन्न सघ तथा संस्थाका प्रतिनिधिहरुले स्वयमसेवी भूमिका पनि निर्वाह गरेका थिए ।

निःशुल्क गुर्जो अभियान सञ्चालन गर्दै आएका अभियन्ता कमलबहादुर राजलवटले भने यस वर्षपनि पशुपतिमा गुर्जोको चिया सेवा गरेका थिए । उनले पशुपतिनाथका हंश मण्डप, उमाकुण्ड, राम मन्दिर जस्ता मुख्य मुख्य द्धारमा रहेर २५ हजार भन्दा बढि झत्तजनलाई गुर्जो चिया सेवा गरेका थिए ।

उक्त सेवामा राजलवटका दाई रमेश बहादुर राजलवट, बहिनी अञ्जु प्रधान, ज्वाइँ राजेश प्रधान, जुनु भण्डारी, राधिका भणडारी, विश्व क्षेत्री, गोपाल खडका, राम बोगटी, उर्मिला पौडेल, सम्झना सुवेदी, मोतिराम गैरे, नितु सिंहलगायत धेरै सहयोगी हातहरूको सेवा रहेको थियो ।

उक्त अवसरमा गुर्जो चियासंगै गुर्जो चिया प्याकेटको सेवा समेत गरिएको राजलवटले जनाए। त्यसैगरी गुर्जो चियाको सेवा डोलेश्वर, बनेपाको चण्डेश्वरी, साँगाको विकटेश्वर, थानकोट शिवालय, पाचखाँल शिव मन्दिर तथा झापा समेतमा सेवा पुर्याईएको थियो । राजलवटले गुर्जोको उपयोगिताबारे प्रकाशसमेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot