Logo

राप्रपाको कार्यसमिति र पदाधिकारी बैठक बस्दै



काठमाडौं, फागुन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज र भोली काठमाडौंमा बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे धुम्बाराही स्थित एसआर बैङ्क्वेटमा बैठक बस्न लागेको हो ।

बैठकमा सङ्गठन विस्तार, व्यवस्थापन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

कार्यसमितिको बैठक बस्नु अघी अहिले विहान पदाधिकारीको बैठक बोलाइएको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरे यता पार्टीले दोस्रोपटक केन्द्रीय समितिको बैठक आह्वान गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot